दाङ,७ कात्तिक । दाङमा प्रहरीले बिलबिजकबिनाका ३ लाख बढी सामान बरामद गरेको छ ।प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ भालुबाङ बजारस्थित इलाका प्रहरी कार्यालय भालुबाङ र राप्ती गाउँपालिका–५ सिसहनिया बजारस्थित इलाका प्रहरी कार्यालय सिसहनियाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका सामान बरामद गरेको हो।
बरामद सामानमा १२ बोरा युरिया मल, ५ बोरा केराउ मटर, एक बोरा चना, दुई बोरा अररी दाल, २२ जोर जुत्ता र १०४ पिस लत्ताकपडा रहेका छन्। बरामद सामानको मूल्य ३ लाख २६ हजार ३०० रुपैयाँ रहेको छ। प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।।
प्रकाशित मिति : २०८३ कार्तिक ८ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।