आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइदै, तुलसीपुरमा १४ हजार लाई खुवाउने लक्ष्य

तुलसीपुर,७ बैशाख ।

दोश्रो चरणको राष्ट्रिय कार्यक्रम अन्र्तगत भिटामिन ए खुवाउन सुरु गरिएको छ । अभियान अन्तर्गत हिजो र आज ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यता तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पनि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा हिजो बुथ राखेर भिटामिन ए र जुकाको औषधी खुवाएको जानकारी दिएको छ । नगर भित्र रहेका २ सय १८ स्वास्थ्य कर्मि माफर्त आज छुटेकालाई घर घरमा पुगेर औषधि ख्ुवाईने महाशाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिएका छन । नगर भित्रका रहेको १३ हजार ९ सय ७८ बालबालिकालाई औष्ािध खुवाउने लक्ष्य रहेको महाशाखा प्रमुख डा. दाहालले बताएका छन ।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार
प्रतिक्रिया