२०८३ साउन १३ गते बुधवार

लुम्बिनी प्रदेशमा कांग्रेसका पाँच जना मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाए

दाङ,१२ साउन । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आज मंगलवार सामूहिक राजीनामा बुझाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यलाई उनीहरुले राजीनामा बुझाएका हुन् । उनीहरुले केहि दिन अघि पाटीका संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई राजीनामा बुझाएका थिए । सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले राजीनामा बुझाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच गत शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारमा

कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवारले पदबाट राजीनामा दिनुभएको हो । मन्त्रीहरुको राजीनामा संगै कांग्रेसले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार बनेको थियो । दुई दल बिच आलोपालो मुख्यमन्त्री बन्ने सहमती अनुसार एमालेका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ । तर एमाले–नेकपा बिच सात वटै प्रदेशमा सत्ता समीकरण र सहकार्य गर्ने सहमती भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया