फोटो फाईल
कपिलबस्तु,१३ साउन । कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । तौलिहवा–बहादुरगञ्ज हुलाकी सडक अन्तर्गत महाराजगञ्ज नगरपालिका वडा नम्बर २ गैँडहवा चोक नजिकै ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा ७ बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा १२ वर्षका आनन्द कहार तथा महाराजगञ्ज–३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाँको मृत्यु भएको हो ।दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार





