काठमाण्डौ),१ साउन । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ ३ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार






