२०८३ साउन ६ गते बुधवार

तुलसीपुरमा बन्दै गरेको पानी ट्याङकी भित्र मृत भेटिएका दुई जनाको सनाखत

तुलसीपुर, ६ साउन । तुलसीपुरमा एक निर्माणाधीन घरको पानी ट्याङकी भित्र मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर ९ बेलुवा बस्ने अन्दाजी ४२ बर्षिय कमल गिरि र सोहि ठाउँका अन्दाजी ३५ बर्षिय घनश्याम गिरि रहेका छन् । कमल घर बनाउने ठेकेदार हुनुहुन्छ भने घनश्याम मिस्त्री रहेको खुलेको प्रहरीले बताएको छ ।

तुलसीपुर ६ रजौरा स्थित मानव धर्म सेवा आश्रमको पुर्बतर्फ मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा सेटिङ निकाल्न भनेर दुवै जना हिजो बेलुका करिव सवा पाँच बजेतिर ट्याङकी भित्र पसेको भन्ने कुरा खुलेको प्रहरीले बताएको छ । उनीहरु ट्याङकी भित्र पसेपछि एक्कासी आज विहान करिव दश बजेतिर मात्रै स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराईएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने कार्य भईरहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
प्रतिक्रिया