२०८३ साउन ५ गते मङ्गलवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

सांकेतिक तस्विर

दाङ, ४ साउन । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा ६ थानदेउखुरी बस्ने ५६ बर्षिय रामशेबक यादब रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार यादवले आज-सोमवार) दिउँसो साढे तिन बजेतिर आफ्नै घरको आफु सुत्ने कोठामा टेवल पंखा मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भिर घाईते भएका यादवलाई तत्काल उपचारको लागी गढवा स्वास्थ्य चौकीमा लगीएकोमा चिकित्सकले साढे चार बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । घटना बारे आबश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया