२०८३ साउन ६ गते बुधवार

तुलसीपुरमा बन्दै गरेको एक पानी ट्याङकी भित्र दुई जनाको शव फेला

तुलसीपुर, ६ साउन । तुलसीपुरमा बन्दै गरेको पानी ट्याङकी भित्र दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीका अनुसार तुलसीपुर ६ रजौरा स्थित मनिराम चन्दले निर्माण गर्न लागेको एक तले घरको पानी ट्याङकी भित्र दुई जनाको शव फेला परेको हो ।

उहाका अनुसार घटना बारे प्रहरीलाई आज विहान एघार बजेतिर जानकारी भएको हो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर शव बाहिर निकाल्ने तयारी भईरहेको उहाले जानकारी दिनुभयो । घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
प्रतिक्रिया