दाङ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) दाङका एक नेताले पाटीको आलोचना गरेपछि आफुलाई सांसदको फोन आउन छोडेको अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ । रास्वपा दाङ क्षेत्र नम्वर ३ का संयोजक बलिराम खत्रीले बुधवार विहान सामाजिक संजाल फेसबुक मार्फत आफनो अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ । उहाले म रास्ट्रिय स्वतन्त्र पार्टिको जिम्मेवार र ईमान्दार कार्यकर्ता हुँ तर झोले र अन्धभक्त होईना भनेर फेसबुकमा उल्लेख गर्नुभएको छ ।
पार्टि र सरकारको राम्रो कामको खुलेर समर्थन गर्दछु तर जहा गल्ति हुन्छ त्यहा खुलेर बिरोध गर्दछु भन्दै उहाले सांसद सुवेदीको फोटो सहित फेसबुकमा लेख्नु भएको छ । साथै उहाले केहि समय अगाडि एउटा कार्यक्रममा पार्टि र दाङ निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य कमल सुवेदीको बारेमा थोरै आलोचना गरेपछि फोन आउन छोडेको र आफुले पनि फोन सम्पर्क नगरेको बताउनु भएको छ ।
आलोचना नहुँदा दैनिक २ पटक फोन गर्ने माननियले त्यसदिन देखि फोन गर्नु भएको छैन, उहाले सामाजिक संजालमा लेख्नु भएको छ । रास्वपाको प्रथम जिल्ला अधिवेशनमा सचिव पदका लागी चुनाव लड्नु भएका खत्रीले प्रधानमन्त्री बालेन शाह नेतृत्व सरकारले गरेको कतिपय जनविरोधी कामहरुको सामाजिक संजाल मार्फत विरोध गर्दै आउनु भएको छ । उहाले पाटीको राम्रा कामलाई समर्थन र गलत कामलाई विरोध गर्ने नेताका रुपमा आफुलाई अघि सार्नुभएको छ ।
खत्रीले लेखेको स्टाटस….






