काठमाण्डौं,१६ मंसिर । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार

