तुलसीपुर, १९ मंसिर । दाङको तुलसीपुरमा ट्याक्टरबाट खसेर एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी २८ बर्षीय मध्यराम भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर–९ बेलुवा दाजुभाई चोक नजिकै आज दिउँसो सवा ३ बजेको समयमा रा १ त ४०३१ नम्बरको ट्याक्टरमा सेटिङका सामान (बाँस) लोड गर्ने क्रममा खसेर उनी घाइते भएका हुन् ।
घाइते भण्डारीको निधारमा गहिरो चोट लागेको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल अस्पताल तुलसीपुरमा उपचार भइरहको छ । ट्याक्टरको चालकसमेत रहका भण्डारीले अत्यधिक मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार

