२०८२ मङ्सिर १९ गते शुक्रवार

तुलसीपुरमा राती सुतेका बालक एक्कासी बेपत्ता, खोजीमा सहयोग गरिदिन आग्रह

तुलसीपुर, ८ मंसिर ।  दाङको तुलसीपुरबाट एक बालक बेपत्ता भएका छन् । तुलसीपुर–९ बेलुवा निवासी १५ बर्षीय शुभम शर्मा गएराती ११ बजेको समयमा एक्कासी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । हिजो साँझ खाना खाएर सुतेका शुभम राती बाहिरबाट ढोका लगाएको अवस्थामा एक्कासी बेपत्ता भएको बालककी आमा शारदा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उनी गेटबाट हाम फालेर गएको हुनसक्ने अनुमान गरिएको छ । आफन्तलगाएत सबै ठाउँ खोजतलास गर्दा पनि फेला नपरेपछी खोजीको लागी प्रहरीमासमेत निबेदन दिएको उहाँले बताउनुभयो ।

बालकलाई देख्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर ९८१८१७००४० मा जानकारी गराइदिन आग्रह गरिएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बालक हराएको सूचना प्राप्त भएको र खोजी कार्य तिब्र बनाइएको जानकारी दिनुभएको छ । सम्पुर्ण प्रहरी युनिहरुमा खोजीका लागी सर्कुलर भइसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया