तुलसीपुर, ९ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोग र ग्रिन फाउण्डेशन नेपालको सहकार्यमा आज तुलसीपुरमा उद्यमीहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । घरेलु महासंघका अध्यक्ष लाल बहादुर केसीको अध्यक्षता एवं नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
तालिममा ग्रिन पाउडेशनका अध्यक्ष पाण्डेले राष्ट्रिय /अन्र्तराष्ट्रिय व्यवसाय सम्बन्धी , हाम्रो पहुँच सहकारीका सिईओ जनक भण्डारीले उद्योग,व्यवसायको संचालन, व्यवस्थापन र अर्थ व्यवस्थापन सम्बन्धी र पत्रकार बसन्त पौडेलले उदघोषण, कला , नेतृत्व विकास र माईनुट लेखन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । रुकमेली महिला संजालकी अध्यक्ष दुर्गा खड्काको स्वागत भन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्र बहादुर वलीले गर्नुभएको थियो ।





