२०८३ असार ३ गते बुधवार

तुलसीपुरमा युवतीमाथी कुटपिट गरेको भिडियो सार्बजनिक भएपछी  एक युबक पक्राउ

तुलसीपुर , असार ३ । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट  गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी अन्दाजी २४ बर्षका रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनलाई मंगलबार राति नै उनकै घरबाट पक्राउ गरिएको हो।  उक्त भिडियो उनकै घरको नजिक बासघारिमा चैतको महिनामा बनाएको प्रहरिले जनाएको छ।
भिडियोमा तुलसीपुरकि   २१ वर्षीय एक युवती माथि रमेश ठाडा मगरले गालीगलौज गर्दै चक्कु प्रहार गरेको तथा युवती रुँदै “अब गर्दिनँ” भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका युबक लागू पदार्थ दुर्ब्यसनी भएको खुलेको छ । युबक यसअघि नेपालगन्ज मा पनि  पक्राउ परेका थिए।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया