२०८३ कार्तिक २७ गते शुक्रवार

देउसी–भैलोमा उत्तेजक नृत्य प्रदर्शन गर्ने दाङसहित विभिन्न जिल्लाका ३ युवति पक्राउ

दाङ, २६ कार्तिक । देउरी–भैलोमा दाङ सहित देशका विभिन्न स्थानमा अश्लिल नृत्य प्रर्दशन गरिहेको गुनासो आइरहदा रुपन्देहीमा ३ युवती पक्राउ परेका छन् । देउसी–भैलीको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दाङ, सल्यान र गुल्मीका तीन युवती पक्राउ परेका हुन् ।

रुपन्देहीका विभिन्न स्थानमा आयोजित देउसी–भैली कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको उनिहरुमाथि आरोप छ ।

पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया विपना मगर रहेका छन् ।

उनीहरूलाई बुधबार सिद्धार्थनगर नगरपालिका–७ कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाङका विभिन्न शहर बजारमा पनि देउसीभैलोका नामम यस्तै उत्तेजक नृत्य प्रस्तुत गरेको भन्दै सर्वसाधारण नागरिक देखि जनप्रतनिधिले तत्काल पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।