२०८३ कार्तिक २२ गते आइतवार

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँच जना घाइते, आक्रमणकारी पक्राउ

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा स्थानीय ३७ वर्षीय बमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्राप्त विवरणअनुसार आज बिहान करिब ५ बजे रावत चन्द्रबहादुर पुन मगरको घरमा पुगेर धारिलो हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए। उक्त आक्रमणमा पुनकी श्रीमती, बुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका हुन्।

घाइतेमध्ये ४५ वर्षीया बिमा मगरको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। त्यसैगरी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला छिनिएका छन्। २० वर्षीया लक्ष्मी पुन, २३ वर्षीया तिला पुन मगर र तिला पुन मगरकी तीन महिनाकी छोरी जानकी रोक्का मगरको अवस्था मध्यम रहेको जनाइएको छ।

घाइतेहरूको स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते बिमा मगरलाई बिहान ११ः०५ बजे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।