तुलसीपुर, ५ मंसिर । दाङमा अवैध लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घाराही उपमहानगरपालिका –१६ सुन्दरनगर टोल निवासी ३३ वर्षका सुनिल थापा, घोराही–१५ को सहिद गेट निवासी २४ वर्षका प्रजल श्रेष्ठ र बबई गाउँपालिका–४ हापुरे स्थित दुर्गा टोल निवासी, २५ वर्षका बिनोद सुनार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३१ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र ५३ हजार २ सय ५० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार सुनिलको साथबाट १९ ग्राम २१० मिलिग्राम र नगद ४८ हजार, प्रजलको साथबाट २ ग्राम २६० मिलिग्राम र ३ हजार २ सय ५० नगद र बिनोदको साथबाट ९ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । गोप्य सूनाको आधारमा प्रहरीले उनिहरुलाई फर–परक ठाउँबाट फरक समयमा पक्राउ गरेको हो ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।