२०८३ मङ्सिर ५ गते शनिवार

दाङमा अनलाइन जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

दाङ,५ मंसिर । दाङको लमहीमा अनलाइन जुवा तथा सट्टेबाजी खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । सुक्रबार राति लमही नगरपालिका–५ स्थित रातोडाँडा जसमिन होटल एण्ड लजको तेस्रो तलामा रहेको कोठा नम्बर २०३ मा अनलाइन जुवा तथा सट्टेबाजी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ र वडा प्रहरी कार्यालय लमही, दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा अनलाइन जुवा तथा सट्टेबाजी खेल्न प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ । प्रहरीका अनुसार घटनास्थलबाट तीन थान ल्यापटप, विभिन्न कम्पनीका १३ थान स्मार्टफोन र दुई थान कम्प्युटर मनिटर बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूले विभिन्न एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने र खेलाउने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा भारत, मध्यप्रदेश, शंकराचार्य नगर, हुजुर सिकन्दरी सराय, भोपाल निवासी २४ वर्षीय जसवन्त सिंह तोमर, गीता नगर, भानपुर निवासी २४ वर्षीय सत्यम राजपुत, लिलाधर कालोनी, भानपुर, हुजुर, पिपुल्स क्याम्पस, भोपाल निवासी २४ वर्षीय हर्ष सिंह उर्फ हर्ष उसरेट, २७ वर्षीय राहुल चन्द र डोटीको सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना रहेका छन् । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।