२०८३ असोज ४ गते आइतवार

सल्यानमा जेन्जी अभियान्ता बताउने युवराज खडका पक्राउ

तुलसीपुर, ८ असार । सल्यानमा आफुलाई जेन्जी अभियान्ता बताउने युवराज खडकालाई प्रहरीले पक्राउ गरेको छ । खडकालाई शारदा नगरपालिका–४ साइलाकम्दाबाट बिहान १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दिपक पातलीले जानकारी दिनुभयो । बागचौर नगरपालिका मेयर जनकराज गौतमले दिएको निवेदनका आधारमा खडकालाई पक्राउ गरिएको हो ।

उनलाई साइबरक्राइममा मुद्दा चलाईने प्रहरीले जनाएको छ । मेयर गौतमले काठ तस्करी गरेको आरोप लगाउँदै खडकाले केही समय अघि सामाजिक संजाल फेवसुकमा लेखेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानले जोहेरी नलिएपछि मेयर गौतमले गत वैशाखमा सरकारी वकिलको कार्यालय मार्फत निवेदन दिनुभएको थियो । यस अघि पक्राउ पर्न नसकेका खड्कालाई  अहिलेका प्रहरी प्रमुख दिपक पातली आएपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।