तुलसीपुर, ९ असार । तुलसीपुर उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रर्वद्धन शाखाको आयोजनामा आज तुलसीपुरमा लघु उद्यमीहरुलाई बजारीकरण सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षता एवं नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले स्थानिय उत्पादनलाई बजारीकरण गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ । उहाले स्थानिय बस्तु र सामग्रीलाई प्रयोग गरी उद्यम संचालन गर्नुपर्नेमा जोड दिदै यसका लागी बजारीकरणमा स्थानिय सरकारले पहल गर्ने बताउनु भएको हो । सो अवसरमा उपप्रमुख स्यानी चौधरीले महिलाहरुलाई आयआर्जन तर्फ लाग्न आग्रह गर्नुभएको हो । उहाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको हो ।
सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव केशवराज केसी, तुलसीपुर चेम्वर अफ कर्मशका उपाध्यक्ष सन्तोष खड्का र नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसी लगाएतले बोल्नु भएको थियो । कार्यालयले नगरका १९ वटै वडामा घरेलु हस्तकला, स्थानिय श्रोतमा आधारित बस्तु उत्पादन तथा सामग्री निर्माण लगाएतका सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आएको सहकर्ता विनु हमालले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण उद्योग शाखाका अधिकृत भागवत घिमिरेले गर्नुभएको थियो ।





