तुलसीपुर, ९ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७ औँ स्थापना दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । सोहि अनुरुप संगठनको जिल्ला कमिटि दाङले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा संगठनले असार ५ गते तत्कालिन जनयुद्धकालमा ज्यान गुमाएका दुई जना चालकहरूको सम्झनामा दाङमा स्थापना गरिएको छेदीलाल चौधरी र यमसुन्दर गुप्ताको नाममा छेदीलाल यमसुन्दर स्मृति कोषमा थप दुई लाख रुपैयाँ जम्मा गरी कोषको रकम पाँच लाखको स्मृति कोष बनाएको जिल्ला अध्यक्ष दिपक कुमार बढाथोकीले जानकारी दिनुभयो ।
यस्तै असार ६ गते बसपार्क क्षेत्रमा संगठनको सदस्यता नवीकरण तथा मजदुरहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । यस्तै असार ७ गते बसपार्क सरसफाइ कार्यक्रम गरिएको हो । असार ८ गते रक्तदान र ९ गते बिहानयातायात मजदुरहरुको लागी निःशुल्क आँखा परीक्षण -चेकजाँच), पुराना व्यवसायी, चालक, परिचालक तथा सहचालकहरूलाई सम्मान कार्यक्रम र वेलुका ७ बजे संगठनको कार्यालय परिसरमा दीप प्रज्वलन गरी दिवस मनाएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
तुलसीपुरको बसपार्कमा संचालन गरिएको निशुल्क आँखा जाँच स्वास्थ्य शिविरमा १२८ जनाको परिक्षण गरी दृष्टि समस्याका कारण चस्मा आवश्यक देखिएका ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको हो । यस्तै सोमवार आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जनाले उक्तदान गरेको संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले जानकारी दिनुभयो । संगठनको वि.स.२०३६ साल असार ९ गते सुनसरीको पानीपीया जंगलमा भुमिगत रुपमा स्थापना गरिएको थियो । संगठनले स्थापनाकाल देखी हालसम्म यातायात मजदुर र श्रमिकहरुको हकहितको पक्षमा वकालत गर्दै आएको छ ।
संगठनका पुर्व अध्यक्ष सहित चालकलाई सम्मान
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङले संगठनको स्थापना दिवसको अवसर पारेर पुर्व अध्यक्ष सहित चालक तथा यातायात मजदुरहरुलाई सम्मान गरेको छ । संगठनले विगत लामो समय देखी यातायात क्षेत्रमा अनुशासीत र उत्कृष्ट काम गर्दै आएको भन्दै दर्जन बढि यातायात मजदुरहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा संगठनका पुर्व जिल्ला अध्यक्ष चुडा बहादुर विक, चालक टिकाराम कुवर, फत्ते बहादुर वली, अर्जुन बि.क., भुप बहादुर के.सी , भुपेन्द्र रावत, बिक्रम चौधरी, बुद्विराम वली, जुद्व बहादुर राम्जा पुन, लक्ष्मण बुढाथोकी, मान बहादुर चौधरी, नवीन बि.क., सालिक राम डाँगी , सन्तोष खड्का, शिताराम कामी र ठगेन्द्र पुरी रहनु भएको छ ।
जिल्ला अध्यक्ष दीपक कुमार बुढाथोकीको अध्यक्षता एवं संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्र बहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा जिफन्ट दाङका अध्यक्ष केशव बहादुर भण्डारी,संगठनका पूर्व जिल्ला अध्यक्ष चुडा बहादुर विक र संगठनका लुम्बिनी प्रदेश सचिवालय पुर्व सदस्य अमर बहादुर डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो ।





