२०८३ असोज ५ गते सोमवार

दाङमा बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

दाङ, ३ असार । दाङमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ निवासी २२ वर्षीय चुडामणी डाँगी रहेको नेपाल प्रहरीका सूचना अधिकारी दिप शम्सेर जबराले जानकारी दिनुभयो । युवकलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आज दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको हो । पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।