२०८३ असार १ गते सोमवार

रातो किताब नआउँदै टरिगाउँ एयरपोर्टको बजेट भन्न सकिदैन् : विपिन आचार्य

दाङ, १ असार । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले रातो किताब नआएसम्म दाङको टरिगाउँ एयरपोर्टका लागि यति बजेट आयो भनेर भन्न नसकिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आचार्यले रातो किताब छापिने क्रममा भएकाले यति बजेट परेको छ भनेर अहिले नै भन्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले आफु जहिले पनि डकुमेन्टका आधारमा मात्र बोल्ने बताउनुभयो । टरिगाउँ एयरपोर्ट संचालन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानाई सधैका लागि व्यवस्थित गर्ने सवालमा आफु गम्भिर भएर लागेको बताउनुभयो ।

‘एयरपोर्टमा बजेट मात्र हालेर पनि भएन । यसलाई दिगो रुपमा संचालन गर्नका लागि दाङसंग जोडिएका सल्यान, रोल्पा, प्युठान र कोइलाबास सडक संजाललाई स्तरवृद्धि गर्नुपर्छ । जसका कारण एयरपोर्टसम्म आउन जान सहज होस । दाङ सेन्टर प्वाइन्ट बनोस र यसको सामाथ्र्य बढोस । आचार्यले भन्नुभयो । मैले यो ठाउँमा यति बजेट हाले भनेर प्रचारबाजी गर्ने व्यक्ती नभएको स्पष्ट पार्दै अचार्यले कति बजेट भनेर आउँछ, कति नभनेर पनि आउने भएकाले प्रचार गर्न आवश्यक नभएको बताउनुभयो ।

एकैपटक सबै समस्या समाधान नहुँने बताउँदै आचार्यले प्राधानमन्त्री बालेन्द्र शाहसंग दाङको समग्र विकास लागि छलफल गरेको बताउनुभयो । पत्रकार महासंघका दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षामा भएको कार्यक्रमा पत्रकारहरुले विभिन्न जिज्ञासा राख्नुका साथै सुझाव पनि दिएका थिए । महासंघका दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव जेएन सागरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार
प्रतिक्रिया