तुलसीपुर, १४ मंसीर । नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले व्यवसायी एकताले संगठन बलियो हुने बताउनुभएको छ । दाङ तुलसीपुर सुनचाँदी व्यवसायी संघ तुलसीपुरले शनिवार तुलसीपुर ९ मा रहेको ग्रिनपार्कमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । व्यवसायीको पिरमर्का बुझने र आवाज उठाउने भनेकै संगठन भएकाले बलियो बनाउन सवै व्यवसायी एकजुट हुनुपर्नेमा उहाले जोड दिनुभयो । व्यवसायी एकता अहिलेको आबश्यकता भएको औल्याउदै महासंघका केन्द्रिय कोषाध्यक्ष श्रेष्ठले सवै एकताबद्ध हुन आग्रह गर्नुभएको छ । साथै उहाले व्यवसायीरुका विभिन्न समस्याहरु भएको बताउदै यसको समाधानका निम्तिले महासंघले आवाज उठाउदै आएको बताउनुभयो । महासंघ सधै व्यवसायीको हकहितकै पक्षमा उभिने उहाको भनाई छ ।
संघका अध्यक्ष हरिकृष्ण विकले यो कार्यक्रमले सवै व्यवसायीहरु बिचको आत्मीयता बढाउने विश्वास व्यक्त गर्नुभएको छ । संघले विगत देखी नै यस्ता खाले कार्यक्रमको आयोजना गर्दै आएको हुदा यो वर्ष पनि आफुहरुले कार्यक्रम गरेको उहाले बताउनुभयो । संघले व्यवसायीहरु बिच भेटघाट, आत्मीयता र दुखसुख साट्ने अवसरका रुपमा लिएको अध्यक्ष विकले बताउनुभयो । सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु मदन केसी, लोक बहादुर स्वर्णकार, नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्विनी प्रदेश सभापति धुव्रराज गहतराज, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, तुलसीपुर चेम्वर अफ कर्मसका उपाध्यक्ष सन्तोष खड्का, दाङ तुलसीपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकारहरु मिनराज वली र जोगेन्द्र विश्वकर्मा, कानुनी सल्लाहकार मधुसुधन गौतम लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।।

