२०८३ मङ्सिर १० गते बिहिवार

पूर्वमुख्यसचिव अर्याल पक्राउ, अनुसन्धान थालेपछि फाइल गायब

फोटो फाईल

काठमाडौ, १० मंसीर । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याललाई पक्राउ गरिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार अर्याल पक्राउ परेको पुष्टि भएको छ । तर उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलाईएको छैन । यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् । उनीहरु विरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

चार ४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो खुलेको छ । तर यसको मुद्दाको अनुसन्धान थालेपछि फाइल गायब भएको पाईएको छ । ४ मंसिर २०७६ देखि १० पुस २०७७ सम्म यादव श्रम मन्त्री बन्नु भएको थियो भने कुँवर १३ असार २०७९ देखि ११ पुस २०७९ सम्म मन्त्री बन्नु भएको थियो । यादव श्रम मन्त्री भएका बेला सचिव भने विनोद केसी हुनुहुन्थ्यो ।उहा अहिले सीआईबीको हिरासतमा रहेका छन् ।कुँवर श्रम मन्त्री भएका बेला अर्यालय श्रम सचिव हुनु भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।