२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङमा १२ जना फरार प्रतिवादी पक्राउ

दाङ, १९ मंसिर ।  दाङमा १२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका १२ जनालाई पक्राउ गरेको डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । प्रहरीका अनुसार मंसिर २ गतेदेखि हालसम्मको अवधिमा फरार रहेका ती प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा २३ हजार ५२ रुपैयाँ जरिवाना असुल गरिएको छ भने जम्मा कैद सजाय २ वर्ष १० महिना १० दिन बाँकी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अदालतको आदेश र सजाय कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा पनि फरार प्रतिवादी खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया