तुलसीपुर, १३ मंसिर । दाङको तुलसीपुरबाट बेपत्ता भएका बालक ५ दिनपछी सकुसल भेटिएका छन् । तुलसीपुर–९ बेलुवा निवासी १५ बर्षीय शुभम शर्मा मंसिर ७ गते राती ११ बजेको समयमा एक्कासी घरबाट बेपत्ता भएका थिए । बाहिरबाट ढोका लगाएको अवस्थामा राती एक्कासी बेपत्ता भएपछी उनको खोजी तिब्र पारिएको थियो । आफन्तलगाएत सबै ठाउँ खोजतलास गर्दा पनि फेला नपरेपछी खोजीको लागी प्रहरीमासमेत निबेदन दिइएको थियो ।
बालक हराएको समाचार सार्वजनिक भएपछी चारैतिरबाट उनको खोजी कार्य तिब्र पारिएको थियो । सोही क्रममा आज बिहान ७ बजेको समयमा दंगीशरण गाउँपालिका–१ को बाँकीमा बालक सकुशल फेला परेको दंगीशरण–१ का वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । बाँकीको डाँडागाउँबाट तलतिर आइरहेको अवस्थामा आफुले देखेको र सोधपुछ गर्दा तुलसीपुरबाट हराएका बालक रहेको पुष्टी भएपछी आफन्त र प्रहरीको जिम्मा लगाएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो ।।

