२०८३ असोज ४ गते आइतवार

भोटेकोशी बाढिमा वेपत्ता भएका तुलसीपुरका एकैघरका बुवाछोराको आज दाहसंस्कार गरियो

फोटो फाईल

तुलसीपुर, ४ भदौ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परि बेपत्ता भएका तुलसीपुरका दुई जनाको आईतवार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । तुलसीपुर १३ दमारगाउ निबासी अन्दाजी ४७ बर्षिय गोपीलाल रोका र उहाका छोरा अन्दाजी २६ बर्षिय लालबहादुर रोकाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको वडा अध्यक्ष मोहन पौडेले जानकारी दिनुभयो ।

उनीहरु दुवै जना एकैघरका बुवाछोरा भएको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । वडा अध्यक्ष पौडेलका अनुसार उनीहरु कामको शिलशिलामा ४/५ महिना अघि रसुवा गएका थिए । बाढिका कारण सम्पर्क विहिन भएका बुवाछोराको झन्डै एक महिना पछि घरपरिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।उनीहरुको अन्तिम दाहसंस्कार शितलपुर बबईनदी घाटमा गरिएको हो ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।