फोटो फाईल
काठमाडौँ, ४ असोज । नेकपा एमालेको आज दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक ३ बजेका लागि सरेको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नटुंगिएपछि सचिवालय बैठक सरेको हो। एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाईएको थियो भने दिउँसो १ बजे सचिवालय बैठक बोलाईएको थियो । बैठक बस्न नसकेपछि पाटी अध्यक्ष केपी शर्मा ओली कार्यालयमा आधा घण्टा बसेर निस्किनु भएको छ । एमालेले कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने गरी तालिका बनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।