काठमाण्डौं,१९ मंसिर । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा दुई लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी ७० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय २५ रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार

