२०८२ कार्तिक २१ गते शुक्रवार

स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

दाङ, १६ कात्तिक । लुम्बिनी प्रदेश कार्य समिति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । हालका संगठनका गतिविधि तथा जेन्जि आन्दोलनपछि स्वास्थ्य सेवामा परेको प्रभाव समिक्षा साथै कार्ययोजना घोषणा गर्दै भालुबाङमा हिजो बैठक सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समितिका अध्यक्ष दोर्ण बहादुर ओलिको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव भीम राज सिंह, बिशेष अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेममान सारु, बिशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी सचिव तथा संगठन इन्चार्ज लक्षमण आचार्य लगायतका व्यक्तिहरुले संगठनले जनताको हितमा रहेर, गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह चुस्त दुरुस्त राख्नु पर्ने मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जनताको बहुदलीय जनवाद को बारेमा डा. सुरामनी बेल्बासे तथा लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री खेममान सारुले नीति,नेतृत्व व्यवस्थापन तथा हालको अवस्थामा स्वास्थ्यकर्मीको भूमिकाको बारेमा बोल्दै हरेक स्वास्थ्य कर्मीले हरेक बिरामी तथा सेवा ग्राहीको मर्म बुझी सेवा प्रबाह गर्न र हरेक बिरामीको भावनालाई आत्मानुभुति गरी सेवा प्रबाह गर्न जोड दिदै हालको लुम्बिनी प्रदेशको स्वास्थ्यका सूचाङ्कको अबस्था बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा संगठनका लुम्बिनी प्रदेश समितिका पदाधिकारी , केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्य जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष तथा १२ जिल्लाका स्वास्थ्य कर्मीहरुलाई प्रशिक्षण गरिएको थियो । उक्त कार्यक्रममा संगठनका अध्यक्ष दोर्ण बहादुर ओलिले लुम्बिनी प्रदेश समितिको सांगठनिक,आर्थिक प्रगति प्रतिवेदन, आगामी कार्ययोजनाका बारेमा प्रगति प्रतिवेदन पेश गरेका थिए भने त्यस्तै जिल्लाका गतिविधि तथा जिल्लागत समिक्षा गरिएको थियो ।

जसमा अघिल्लो बैठको समिक्षा, नसर्ने रोगहरूको व्यवस्थापन तथा न्यूनीकरणका लागि मेरो स्वाथ्य मेरो जिम्मेवारी, दैनिक १ घण्टा आफ्नै लागि भन्ने स्वस्थ अभियानलाई समुदाय सम्म पुर्याउने साथै योग, ध्यान प्राणायाम तथा मानसिक स्वास्थ्य प्रवर्द्धन सकारात्मक सोचको विकास गर्ने अभियान सञ्चालन ,हालको स्वास्थ्य कर्मी तथा नर्सिङहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने, हरेक जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाउने, रक्तदान अभियान कार्यक्रम सञ्चालन गर्ने, संगठनको स्थापना दिवस, लुम्बिनी स्वास्थ्य दर्पण प्रकाशन,स्वास्थ्यकर्मीहरुको लागि कक्षा सञ्चालन गर्ने, घटक संगठनको भेला गर्ने, विभाग गठन तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँड, एकीकृत स्वास्थ्य सेवा ऐन तथा प्रदेश स्वास्थ्य स्थानीय ऐन सम्बन्धी, स्वास्थ्यकर्मीहरुको सुरक्षा ,करार सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुविधा समयमा तलबको व्यवस्था, अस्पताल स्वास्थ्य संस्थाहरुको सरसफाई, सन्देशमूलक भित्ते पात्रो विमोचन,स्वास्थ्य बीमा कार्यक्रम तथा समुदाय सम्म गुणस्तरीय स्वास्थ्य सेवा तथा अस्पतालहरुको सेवा प्रबाहमा सहजता, हाल जेन्जी आन्दोलनले स्वास्थ्य सेवामा प्रबाहमा पारेको प्रभाव तथा हालका चुनौती लगायतका विविध विषयमा छलफल तथा निर्णय गरी बैठक सम्पन्न भएको छ ।

उक्त भेला तथा तेस्रो पूर्ण बैठकमा संगठनका केन्द्रीय उप महासचिव खग राज पोख्रेल, अनुशासन आयोग अध्यक्ष चिन्तामणि ज्ञावली, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज राजकुमार पौडेल, डा प्रशान्त पराजुली,लगायतका व्यक्तिहरुको संगठनको कार्य सफलताको शुभकामना व्यक्तगर्नुभएको थियो । संगठनका प्रदेश समिति उपाध्यक्ष कृष्ण प्रसाद पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सञ्चालन सचिव कृषणगोपाल चौधरीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया