सल्यान,१८ कात्तिक ।सल्यानको कपुरकोट गाउँपालिकाले बिभिन्न रोगको उपचार गराई रहेका बिरामीहरुलाई घरमै पुगेर उपचार खर्च बितरण गरेको छ । आर्थिक बर्ष २०८२।०८३ को साउन,भदौ र असोजको प्रति महिना ५ हजारका दरले एकमुष्ट ३ महिनाको उपचार खर्च बितरण गरेको हो ।पालिकाको वडा नं.५ र ६ का मृगौला प्रत्यारोपन गराइ रहेका,मेरुदण्डको पक्षघात भएका तथा क्यान्सर रोगको उपचार गराई रहेका ७ जना बिरामीहरुलाई उपचार खर्च बितरण गरेको स्वास्थ्य शाखा प्रमुख सुवास हमालले जानकारी दिनु भयो ।
गाउँपालिकाले बिरामीहरुको पछिल्लो स्वास्थ्य अवस्था बुझुन तथा बिरामीहरुको सहजताका लागि घरमै पुगेर उपचार खर्च बितरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भयो ।गाउँपालिका भरी मृगौला,मेरुदण्डको पक्षघात तथा क्यान्सर रोगको उपचार गराई रहेकाहरुको संख्या २१ जना रहेका छन् । बाँकी वडाका बिरामीहरुलाई पनि छिट्टै उपचार खर्च बितरण गरिने गाउँपालिकाले जनाएको छ ।।


