२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरका निजि अस्पतालको चर्तिकलाः सेवाको नाममा सास्ती

तुलसीपुर, ११ असार । दाङको तुलसीपुर बजारमा रहेका केही निजी अस्पतालले सेवा दिने नाममा सेवाग्राहीलाई दुःख दिने गरेको सेवाग्राहीले गुणासो गरेका छन् । छोटो समयमा चर्चा कमाउन सफल तुलसीपुरको नागरिक केयर अस्पतालमा नाम दर्ता गराएको २ घण्टापछि डाक्टर नआएपछि नाम दर्ता गराउँदा लागेको पैसा फिर्ता मागेर सेवागा्रही फर्किएका छन् ।

छिटोछरितो र सहज तरिकाले सेवा पाउनका लागि निजि अस्पतालमा आएको ती सेवागा्रहीले निजि अस्पतालले पनि दुःख दिएको एक सेवाग्राहीले बताउनु भयो । ‘सरकारी अस्पतालमा गएपछि धेरै विरामीहरु हुन्छन् पालो पर्खिदा पर्खिदा धेरै समय लाग्छ’ उहाँले भन्नुभयो– ‘त्यसैले छिटो होला भनेर महंगो पैसा तिरेर भएपनि निजी अस्पतालमै चेकजाँच गराउँछु भनेर आएँ, तर यहाँ पनि उस्तै सास्ती पाइयो ।’ यदि २ घण्टासम्म डाक्टर आउनुहुन्न भन्ने जानकारी गराइदिएको भए राम्रो हुने उहाँले बताउनु भयो । तर रिसेभ्द्शनमा गएर पटकपटक सोध्दा केही बेरमा डाक्टर आउनुहन्छ भन्ने प्रतिक्रियाले धेरै बेर पर्खेर वसेको उहाँको भनाइ छ । अति नै भएपछि आफूले दिएको पैसा जबरजस्ती फिर्ता मागेर फर्किएको ती सेवागा्रहीले बताउनु भयो । अधिंकाश सेवाग्राही सरकारी अस्पतालमा पालो पर्खिनुको झन्झट र सबै आ आफ्नो काममा व्यस्त हुने भएकाले व्यस्त समयलाई स्वास्थ्यको लागि छुट्याएर अस्पताल पुगेका हुन्छन् । अस्पताल बाहिरको बोर्डमा २४ सै घण्टा सेवा उपलव्ध छ, भनेर ठूलाठूला अक्षरमा लेखिएको हुन्छ तर व्यवहारिक रुपमा कार्यान्वयन नगरेको सेवागा्रहीहरुले बताउँछन् ।

यता अस्पतालका म्याजिङ डाइरेक्टर सुरज ज्ञवालीले डाक्टर खाना गएको समयमा केही बेर ढिलो भएको हुन सक्ने बताउनु भयो । डाक्टरको खाना खाने समय ४५ मिनेट भएकाले त्यो समयमा केही समय ढिला भएको हुन सक्ने स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती सुधार्ने र दोहोरिन नदिने पनि बताउनु भयो ।।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।