उहाँले देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले श्रीमणि आचार्यले दाङको शिक्षा,राजनीतिक तथा सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले दाङ समग्र विकासमा टेवा पु¥याउने टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारमा सबैको ध्यान पुगेको बताउनुभयो। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको बताउनुभयो।
उहाँले दाङको सिचाई र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने बताउनुभयो। दाङ सिचाइ बृहत्तर आयोजनालाई ठूलो परियोजनासँग जोड्न सकिएन भने नाम बृहत्तर राखेर मात्रै नहुने बताउनु बताउनुभयो । जिल्लामा रहेको कृतिम जलाशयहरु अहिलेको अवस्थामा सिंचाई गर्न अपुग रेहेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलिया शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताउनुभयो।
शालिक अनावरण कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामाजिक व्यक्तित्व श्रीमणी आचार्यको चर्चा गरेका थिए । विकास निर्माण, शैक्षिक, राजनितिक सम्पूर्ण क्षेत्रमा उहाँले खेलेको भूमिकाको बारेमा प्रसंशा गरेका थिए । कार्यक्रममा २०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका नेकपा (एमाले)का तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो। जनस्तरबाट रकम सङ्कलन गरेर सालिक निमार्ण गरिएको थियो।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।