हापुरे, २ असार । दाङको बबई गाउँपालिकाको हापुरेमा १ दिने सक्सेस स्मार्ट प्यारेन्टिङ वर्कशप एण्ड प्यारेन्ट मिटिङ सम्पन्न भएको छ। बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको नव ज्योति जनता ईङ्लिस स्कुलको आयोजनामा शनिवार बबई गाउँपालिकाको शभाहलमा सम्पन्न कार्यक्रममा प्रशिक्षक डि।आर दाहालले बिद्यार्थीका अभिभावकहरुलाई बिभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक दाहालले अभिभावकहरुले बालबालिकालाई खुसि पार्न मोवाईलको लत लगाउन नहुने बताउनुभयो । उहाँले यस्तो कार्यले बालबालिकाको पढाई मात्रै नभई शारीरिक र मानसिक रूपमा गम्भीर असर परेको बताउँदैयस्ता किसिमको कार्य तत्काल रोक्न अभिभावकहरुलाई आग्रह गर्नभयो। दाहालले बालबालिकालाई गालि गरी डर, त्रासमा पढ्न बाध्य पारिदा मानसिक असर पर्ने भन्दै उनिहरुलाई माया ममता सहित पढाईमा ध्यान लगाउन प्रेरित गर्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने बताउनुभयो।
बिद्यालयका सिनियर शिक्षक अभिभावक संघ अध्यक्ष केवल राज बोहराको अध्यक्षता, प्रशिक्षक डि।आर दाहालको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख प्रहरी निरिक्षक ललित कुमार बुढाथोकीको बिशिस्ट आतिथ्यतता तथा सुर्य बहादुर बोहराको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। बिद्यालयका प्रिन्सिपल एक राज बोहराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक एल।वि बोहराले गर्नु भएको थियो।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।