२०८३ कार्तिक ९ गते आइतवार

दंगीशरण–४ का किसानलाई कृषी औजार वितरण

तुलसीपुर, २२ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–४ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा कृषी औजारका सामाग्री पाएपछी किसानहरु खुसी भएका छन् । किसानबाट आएको माग अनुसार आज एक कार्यक्रमकाबिच कृषी औजार अन्र्तगत मिनि ट्रेलर ट्याक्टर र सिचाई मोटर वितरण गरिएको वडाअध्यक्ष कमल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १४ वटा मिनि ट्रेलर ट्याक्टर र २८ वटा २ इन्चको सिचाई मोटर कृषी समुहमार्फत वितरण गरिएको हो । बर्खायाममा सबै स्थानमा पानीको सुविधा नहुने भएकाले मोटरमार्फत सिंचाई गर्न सहज होस् भन्ने उदेश्यले कृषी सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । यसले गर्दा किसानहरुलाई केही सहज हुने अपेक्षा गरिएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।