२०८३ कार्तिक ११ गते मङ्गलवार

आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसान माथि अश्रुग्याँस प्रहार, ४ जना घाइते

तुलसीपुर, २० जेठ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमाउपचार भइरहेको छ ।

स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका छन्। उनीहरुले कार्यालय घेरेका समेत गरेका छन् । प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको बताउनुभयो । उहाँले अहिले स्थिति नियन्त्रणमा रहेको बताउनुभयो ।

सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।