२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जना पक्राउ

देउखुरी, १४ जेठ । दाङको गढवामा लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जना पक्राउ परेका छन् । सोमबार अन्दाजी ९ बजेतिर इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल संका लागेर चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकमसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवा बस्ने महमद अजाद खाँका छोरा अन्दाजी २० वर्षिय सहिद रजा खाँ र सोही ठाउँ बस्ने मेराज खानका छोरा अन्दाजी २६ वर्षिय महमद ईस्तिका खान रहेका छन् ।उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर, १ लाख ३९ हजार ५ सय रुपैँया नगद, ५ थान मोबाइल, स्क्रीन टच ४ थान , एक थान सादा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।