२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरका साढे ११ हजार बालबालिकालाई आईपीभी खोप दिइने

तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिकाले पोलियो विरुद्धको(आई.पी.भी)खोप अभियान संचालन गर्ने भएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि ०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको(आई.पी.भी)खोप दिइने जानकारी दिनुभयो । उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप दिइने छ ।

उपमहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ । त्यसैगरी ईट्टा भट्टामा भएका बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ । अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । खोपको अभाव भएपछि त्यतिबेला बालबालिका आई.पी.भी.खोप पाउनबाट बञ्चित भएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।