तुलसीपुर, १० जेठ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
यसैबिच यता नेपाल मानव धर्मं सेवा समिति तुलसीपुरले बुद्ध जयन्ती मनाएको छ। सो अवसरमा बोल्ने वक्ताहरुले भगवान गौतम बुद्धले दिएका अर्ति उपदेशहरुलाई आत्मसात गर्नु पर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीले बुद्धले दिएका उपदेशसँगै आफूले पनि जस्तो परिस्थित छ त्यसैमा खुशी रहन सिक्नु पर्ने बताउनुभयो । समितिले गरिरहेको क्रियाकलापप्रति सकारात्मक रहेको भन्दै उहाँले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी प्रभारि चाँदना बाइजीले सिद्धार्थ गौतमबाट गौतम बुद्ध बनेको चर्चा गर्दै उहाँको बारेमा गहिराई सँम्म बुझ्नु पर्ने बताउनुभयो । यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले मानव धर्म सेवा समितिले बालबालिकाहरुलाई सकारात्मक बाटोमा हिड्न सिकाइरहेको भन्दै अहिलेको अवस्थामा यस्ता संघ संस्थाको आवश्यकता रहेको बताउनुभयो ।तुलसीपुर चेम्बर अफ कमर्सका कोषाध्यक्ष सन्तोष खड्काले गरिव दुःखीलाई सहयोग गर्ने व्यक्ति नै भगवान भएको बताउनुभयो । कार्यक्रममा महात्मा चन्द्रकान्ता बाइजी, बैरागिनी बाइजी, राप्ती भेरी क्षेत्र सचिव मंगल जिएम, मानव धर्म सेवा समिति तुलसीपुरका सचिव चन्द्र बहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्व बस्नेत लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा नियनित संत्सन कार्यक्रममा आएको भन्दै हिमा गुरुङ, राधिका वलीलाई सम्मान गरिएको थियो । भने अनुशाान तर्फ रोहित पुन मगर र रितु खत्रीलाई सम्मान गरिएको थियो । समितिका उपाध्यक्ष लिला प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नु भएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।