२०८३ कार्तिक ११ गते मङ्गलवार

बबईको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइँदै

तुलसीपुर, २ जेठ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १३ महिना भित्र बबई नदिको पानी उपभोक्ता सम्म पु¥याउने गरी काम अघि बढाएको छ । सोही तयारी अन्तर्गत बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढाइएको छ । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैयाँको लागतमा भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले बबई लिफ्टिङको काम सुरू गरिसकेको छ ।

सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) को शिलन्यास तुलसीपुरका मेयर टिकाराम खड्काले गर्नु भएको छ । शिलन्यास गर्दै काम समयमा सम्पन्न गरी खानेपानीको समस्या समाधान गर्न मेयर खड्काले आग्रह गर्नुभयो। सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ता ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारीले जानकारी दिनुभयो । बबईको पानी तुलसीपुर ल्याउन ३ वटा सम्पवेल तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वमा निर्माण गरिने छ भने त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बनाइने छ ।

तुलसीपुर खानेपानी अन्तर्गत हालसम्म ८ हजार २ सय २६ धारा छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा चार हजार सात सय धारा थप हुने कोषाध्यक्ष सिताराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ असार ३ गतेसम्म उपभोक्ताको घरमा बबई नदिको खानेपानी पु¥याइने छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।