तुलसीपुर, २८ बैशाख । दाङको दंगीशरण गाउँपालिका–१ मा ५० प्रतिशत अनुदानमा कृषी औजार वितरण गरिएको छ । वडाभित्रका कृषि समुहमार्फत ५० प्रतीशत अनुदानमा कृषकहरुलाई कृषि औजारका सामाग्रीहरु बितरण गरिएको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । हिजो बिहिबार एक कार्यक्रमकाबिच पानी बाहिर राख्ने मोटर १ हर्ष पावरको ५ थान, पानीमा डुवाउने मोटर १ हर्ष पावरको चाइनिज १० थान, पानीमा डुवाउने मोटर २ हर्ष पावरको चाइनिज ६ थान, पानी बाहिर राख्ने मोटर ३ हर्ष पावरको १ थान, ओसाउने पंखा ५ थान र त्रीपाल ७० थान वितरण गरीएको उहाँले बताउनुभयो ।
कृषीसमुहबाट धेरै माग भई आएपनि बजेट थोरै भएकाले अतिआवश्यक सामाग्रीहरु मात्रै वितरण गरिएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो । वडाबाट वितरण गर्दा वास्तविक किसानले पाउन नसक्ने देखेपछि कृषीसमुहमार्फत वितरण गरिएको उहाँले बताउनुभयो । यसपटक छुटेकाहरुलाई आगामी बर्ष समेट्ने उहाँको भनाई छ । कृषी सामाग्री पाएपछि कृषी समुहलगाएत कृषकहरु खुसी भएका छन भने आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरेका छन् । साथै अर्को बर्ष यसमा अझै धेरै बजेट विनियोजन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।