दाङमा २ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै

निता चौधरी
तुलसीपुर, २० चैत । दाङमा यस वर्ष २ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने भएको छ । जिल्लाको देउखुरी क्षेत्र लमही लगरपालिका, राप्ती, गढवा, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिकाका सिंचाईको सुविधा भएको क्षेत्रमा चैते धान विगतका वर्षहरुमा जसरी यस वर्ष पनि हुँदै छ । यसै गरी घोराही उपमहानगरपालिकाका केही क्षेत्रमा चैते पनि धान खेती हुने गरेको छ ।

उहाँ अनुसार जिल्लामा गत वर्ष १ सय ९८ हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरिएको थियो । चैतको अन्तिममा लगाउने गरी धानको व्याड तयारी भइरहेको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनु भयो । धान रोप्ने समय भएता पनि हिउँदेबाली गहुँ मसुरो काटेर रोप्ने भएकाले अझैँ नरापेको उहाँँले बताउनु भयो ।

चैते धानप्रति किसानहरुको आकर्षण भएपनि दाङका अधिकांस स्थानमा सिंचाईको व्यवस्थापन नहुँदा धेरै किसानले लगाउन सकेका छैनन् । जिल्लामा हर्दिनाथ, बिन्देश्वरी लगायत अन्य जातका धान पनि लगाउन सकिएता पनि चैते ५ नै सबै भन्दा धेरैले लगाउने गरेका छन् रोप्नलाई व्याड पनि तयारी भैसकेको र केही दिनमा धान रोप्न सुरु गरिने लामिछानेले बताउनु भयो ।।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया