वर्षाले हिउँदे बालीलाई राहत भएको भन्दै दाङका किसानहरु खुशी

तुलसीपुर, २१ फागुन । दुई दिनदेखि परेको वर्षाले हिउँदे बालीलाई राहत भएको भन्दै दाङका किसानहरु खुशी भएका छन् । लामो समयसम्म  वर्षा नभएपछि किसानहरु चिन्तित थिए । शनिबार र आइतबार दुई दिनदेखि छिटफुट रुपमा पानी परेपनि आज सोमबार बिहान भएको भारी वर्षाले हिउँदे बालीलाई राहत पुगेको किसानहरुको भनाई छ ।

यस वर्ष हिउँदे बर्षा हुन नसके पनि फागुनको अन्त्यतिर भएपनि वर्षा भएको र यो वर्षाले हिउँदे बाली, पछि छरेका तोरी, तरकारीलाई राहत पुगेको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । यसैविच दाङमा आज बिहान १३ दशमलव ५ मिलिमिटर वर्षा भएको मौसम फिल्ड कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया