२०८३ कार्तिक ९ गते आइतवार

किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग

काठमाण्डौ , ८ माघ । राष्ट्रिय किसान आयोगले किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग गरेको छ । आयोगका अध्यक्ष प्रेम दङ्गालले देशभरका किसानलाई परिचयपत्रका आधारमा सामाजिक सुरक्षा दिन पनि माग गर्नुभएको छ ।

आयोगको स्थापना दिवसको अवसरमा हिजो भएको कार्यक्रममा उहाँले कृषिको काममा हुने दुर्घटनाको जोखिम बहन गर्न किसानको बीमा तथा स्वास्थ्य उपचारका लागि छुट्टै किसान अस्पताल स्थापना गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले कृषि ऐन ल्याउने अन्तिम तयारी भैरहेको भन्दै किसानलाई उत्पादनका आधारमा सहुलियत ऋण, प्रविधिमा अनुदान, मल, बीउबिजनको सुविधाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।