२०८३ कार्तिक ९ गते आइतवार

राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक, किसान परिवारको सङ्ख्या बढ्यो

काठमाडौ, २१ भदौ ।  राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले आज राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक गरेको हो । कार्यालयले २०७९ वैशाख ६ देखि जेठ १९ गतेसम्म करिब ७ हजार जनाको टोली परिचालन गरेर कृषिगणना गरेको थियो । वैज्ञानिक विधिबाट ३ लाख ३० हजार ११२ कृषक परिवार छनोट गरी ५ हजार १५० गणक, १ हजार ३५० सुपरिवेक्षक र ७७ जना कृषिगणना अधिकृत परिचालन गरी प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीसम्बन्धी बिस्तृत विवरण सङ्कलन गरिएको कार्यालयले जनाएको छ । यसअघि जिल्लागत रूपमा तथ्याङ्क सङ्कलन गर्ने गरिएकामा यसपालि ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरिएको हो । कृषिगणना २०७८ को सार्वजनिक नतिजाअनुसार देशमा कृषक परिवारको सङ्ख्या ४१ लाख ३० हजार ७ सय ८९ पुगेको छ ।

यो सङ्ख्या १० वर्षअघि ३८ लाख ३१ हजार ९३ थियो । प्रतिशतका आधारमा भने कृषिक परिवार घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । १० वर्षअघि नेपालमा कुल परिवारमध्ये ७१ प्रतिशत कृषक रहेकामा अहिले ६२ प्रतिशतमा झरेको छ । तर कृषक परिवारको सङ्ख्या १० वर्षमा ३ लाखले बढेको गणनाले देखाए पनि कृषि उपज आफूलाई पु¥याएर बजारमा बेच्नेको सङ्ख्या निकै कम रहेको देखिएको छ । तथ्याङ्क अनुसार १ दशमलब १ प्तिशत किसानले मात्रै आफ्ना उत्पादन बजार लगेर बेच्ने गरेको देखिएको छ । यस्तै ६८ दशमलब ८ प्रतिशत किसानका कृषि उत्पादन घरायसी उपयोगमा नै सकिने गरेको छ । यस्तै तथ्याङ्कमा किसान परिवारको सङ्ख्या बढे पनि खेती भने घटेको छ । १० वर्षअघि २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरिएकामा अहिले खेती गरिएको जग्गा २२ लाख १८ हजार ४१० हेक्टरमा सीमित छ ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।