२०८३ कार्तिक १५ गते आइतवार

सल्यान युवकको हत्या प्रकरणः पक्राउ परेका दुई जना महिला मााथि अनुसन्धान जारी

तुलसीपुर,२० मंसीर । सल्यानमा एक युवकको हत्या आरोपमा पक्राउ परेका दुई महिला माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनिहरु माथि कर्तब्य ज्यान सम्बन्धि मुद्दा दर्ता भई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकोे छ ।

गत मंसीर १० गते शारदा नगरपालिका वडा न.५ गैरागाउँ बस्ने अन्दाजी ३० वर्षीय शेरबहादुर चन्दको बाँसघारीमा आधा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाको आशंकामा दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा सोहि ठाउँ निवासी भाउजु नाता पर्ने २५ वर्षीया लक्ष्मी चन्द र २६ वर्षीया राधा पौडेल रहेका छन । उनिहरु माथि म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।