२०८३ कार्तिक १५ गते आइतवार

एमाले वडा अधिवेशनको पुर्वसन्ध्यामा रक्तदान

तुलसीपुर, ५ कात्तिक । नेकपा एमाले तुलसीपुर ६ ले वडा अधिवेनको पुर्व सन्ध्यामा रक्तदान गरेको छ । पार्टी कार्यालय तुलसीपुरमा आयोजित कार्यक्रममा एक दर्जन बढि नेता कार्यकर्ताले रक्तदान गरेको वडा कमिटीका सचिव दुजमान भण्डारी (वर्षातले ) जानकारी दिनुभयो । वडा अधिवेशनको पुर्वसन्ध्यामा रक्तदान गर्नु सामाजिक रचनात्मक कार्य भएको एमाले नेता एवं तत्कालीन तुलसिपुर नगरपालिकाका मेयर ढुण्डिराज लामिछानेले बताउनुभयो ।
विगत दुई वर्ष देखी कोरोना माहामारीका कारण रगत अभाव भईरहेको अवस्थामा पाटीको अधिवेशनको अवसरमा रक्तदान गर्नु प्रशंसनिय कार्य भएको पाटीका वडा ईन्चार्ज सुरेश रावतले बताउनुभयो । नेकपा एमालेको आगामी राष्ट्रिय अधिवेशन अन्र्तगत भोलि कात्तिक ६ गते दाङ सहित देशभर पाटीको तल्लो तह वडा अधिवेशन हुन लागेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।