२०८३ भाद्र २८ गते आइतवार

पारिवारीक तथा निजी वन गरिखाने वर्गको हो : अध्यक्ष गिरी

तुलसीपुर, २९ मंसीर  । पारिवारीक तथा निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारीक तथा निजी वन गरिखाने वर्गको भएको बताएका छन् । टाँठाबाठाको संगठन भएको र उनिहरुले नै आफु अनुकुल प्रयोग गरिहेको आरोप लागिरहदा अध्यक्ष गिरीले यस्तो प्रतिकृया दिएका हुन । वन माफीया र वन तस्करहरु वन फडानी गर्न सक्रिय रहदा गरिब किसान, सामुदायिक वन समुह, वन अभियानकर्मीले त्यसको प्रतिकार गर्दै जोगाउनका लागि लाग्ने गरेको अध्यक्ष गिरीले बताए । पारिवारीक निजी वन सरकारको प्रतिस्पर्धी नभइ सहयोगी संगठन भएको बताउदै अध्यक्ष गिरीले आफुले गरेका हरेक गतिविधिमा असहयोग होइन सहयोग गर्न आग्रह गरेका छन् । अहिले पनि जनताले आफनो बारी र काल्नामा रहेका रुखहरु समेत बेच्न वनसंग अनुमति लिनुपने परिपार्टीको अन्त्य गर्नुपर्ने उनले बताए ।  
प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।