२०८३ कार्तिक २३ गते सोमवार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाईते, चालक फरार

फोटो फाईल

दाङ, २३ कात्तिक । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाईते छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा आज दिउँसो १२ बजेतिर जीप दुर्घटना भएको हो । थापागाउँबाट नयाँडाँडातर्फ जार्दै गरेको भे १ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा दुर्घटना हुँदा सोहि वडा बस्ने १० बर्षिय बालक हरिबहादुर थापा र २९ बर्षिय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाईते हुनेमा १९ बर्षकी जुना कुमारी थापा, गाडी धनी ३५ बर्षका वीरबहादुर थापा, २३ बर्षकी सीता थापा, २३ बर्षकै जुनि थापा, ८ बर्षका युवराज थापा, वर्ष ४ की विरता थापा, २५ बर्षकी हिरा थापा, २ बर्षिय बालक गौरव थापा, २३ बर्षकी सुशिला थापा एरी, २८ बर्षकी भावना थापा एरी, २७ बर्षकी खिममाया थापा, २० बर्षकी रमिता एरी र १९ बर्षकी निर्मला एरी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पछि जिप चालक आठबिसकोट नगरपालिका–४ बस्ने वर्ष २५ का प्रदिप विक फरार भएको र उनको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।